आउने भो सगरमाथा इन्स्योरेन्सको एफपिओ

काठमाडौं, पुस २७ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड (Sagarmatha Insurance Co. Ltd.) को पनि फर्दर पब्लिक अफरिङ एफपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले पूँजी वृद्धिका लागि एफपिओ जारी गर्न लागेको हो ।

कम्पनीको पुस २७ मा बसेको २० औं साधारणसभाले पूँजी वृद्धिका लागि प्रिमियममा शेयर बिक्री गर्ने निर्णय गरेको हो । एफपिओ जारी गर्ने निर्णय गरेपनि सभाले कति परिमाण र कति प्रिमियम मूल्यमा जारी गर्ने भन्ने कुनै निणए गरेको छैन् । सभाले उक्त एफपिओ निष्काशनका लागि सञ्चालक समितिलाई अधिकार समेत प्रत्यायोजन गरेको छ ।

कम्पनीको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको तथ्यांक अनुसार ४४ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ भने कम्पनीले १९ करोड ३२ लाख रुपैयाँ जगेडाकोषमा र बीमा कोषमा ३९ करोड १७ लाख रुपैयाँ राखेको छ ।

सगरमाथा इन्स्योरेन्सको मुनाफा ३ गुणाले वृद्धि

http://aarthiknews.com/2016/11/15/70989/embed#?secret=N6aQtabvPV

News Source: Aarthiknews:: A leading business, economic & financial news portal from Nepal

Download Online Khabar News Collection app