आस्बा लागू हुन तीनदिन बाँकी, यी बैंकले पाए अनुमति

काठमाडौं, पुस २६ । आगामी माघदेखि नै अनिवार्य रुपमा Applications Supported by Blocked Amount (ASBA) प्रणाली लागू हुँदैछ । अहिलेसम्म २७ बैंकहरुले आस्बाका लागि धितोपत्र बोर्डबाट अनुमति पाएका छन् ।

अनुमति प्राप्त गर्नेमा १८ वटा वाणिज्य बैंक र नौ वटा विकास बैंक रहेका छन् । यसअघि १४ वटा कम्पनीले आस्वाका लागि अनुमति पाएकोमा थप १३ कम्पनीले आस्बाका लागि अनुमति पाएसँगै यसको संख्या २७ पुगेको हो ।
आस्बा लागू गर्ने दिन नजिकंदै गर्दा यसमा सहभागिका लागि धितोपत्र बोर्डमा आवेदन दिनेको संख्यामा पनि वृद्धि हुँदै गएको छ । साथै बोर्डले पनि

प्राप्त हुने निवेदनहरुको अध्ययन गरी योग्यता पुगेका बैंक तथा वित्तीय संस्थाहरुलाई निरन्तर रुपमा अनुमति प्रदान गर्दै जाने जानकारी दिएको छ ।

आस्बामा सहभागी भई सेवा प्रदान गर्न बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था

‘क’ वर्गका वाणिज्य बैंक र सेवा दिने शाखाहरु  

ख’ वर्गका विकास बैंक र सेवा दिने शाखाहरु 

News Source: Aarthiknews:: A leading business, economic & financial news portal from Nepal

Download Online Khabar News Collection app