नेपाल लाइफको एफपिओ किन्ने हो ? हेर्नुहोस् कम्पनी विश्लेषण

लगानीकर्तालाई निक्कै अत्याउने गरि घटेको नेप्चे परिसूचकमा केहि सुधार आएसँगै नेपाल लाइफ इन्सुरेन्सको फर्दर पब्लिक अफरिङ (एफपिओ) यहि पौष २७ गते खुल्दैछ । शेयरमा सोचेर मात्रै लगानी गर्नुपर्छ भन्ने कुरा ब्यबहारिक रुपमा नै भर्खरै पुष्टि भएको परिप्रेक्ष्यमा हामीले प्रतिकित्ता सेयर २५०० रूपयाँको हाराहारीमा कारोबार भैरहेको नेपाल लाइफको समग्र कम्पनि विश्लेषण गरेका छौ । यो कम्पनीले प्रतिकित्ता १४ सय २५ मा एफपिओ निष्काशन गर्न लागेको छ। हाम्रो बिश्वास छ, यो विश्लेषणले तपाईलाई नेपाल लाइफ इन्सुरेन्सको एफपीओ खरिदका सम्बन्धमा निर्णय गर्न सहयोग गर्नेछ ।

लगातार घटिरहेको नेप्से परिसूचक पछिल्लो समय सुधार भए पनि नेपाल लाइफको त्यति ठुलो सुधार भएको छैन । मैनबत्ती विश्लेषणको आधारमा सानो सानो मैनबत्तीआकृति बनेर कारोबार भैरहेको छ । यसले पनि त्यति उतारचढ़ाव संभावना छैन् । ट्रेंड लाईनले तथा शेयर कारोबार संख्याले पनि थोरै वियरिस मोमेंटम नै छ । लीडिंग इंडिकेटर १४ दिने रिलेटिभ स्ट्रेंथ ३६ को स्केलबाट ३२ स्केल घटेको  छ । बजार मूल्यको भोलटिलिटी मापन गर्ने बोलिंजर बण्ड खुचिएको छ. तल्लो बण्डको स्पोर्ट पाएर केहि वृद्धि देखिए पनि बोलिंजर बण्ड घट्दो खुम्च्याईले पनि बढ़ने संभावना कम छ । तत्कालको लागि नेपाल लाईफ इन्सुरेंसको अवरोध ३ हजार २ सय र टेवा २ हजार ३ सय ५०को तहमा रहेको छ ।

News Source: Aarthiknews:: A leading business, economic & financial news portal from Nepal

Download Online Khabar News Collection app